०८ साउन २०८३, शुक्रबार

बाग्लुङ–२ मा गठबन्धनका पौडेल अगाडि

बाग्लुङ–२ मा गठबन्धनका पौडेल अगाडि
फाइल फोटो

बाग्लुङको २ नम्बर निर्वाचन क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेलले अग्रता फराकिलो बनाएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतगणनामा पौडेलले १ हजार ९०९ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले १ हजार ३५ मत प्राप्त गरेका छन् ।

निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा कांग्रेस उम्मेदवार जीत शेरचन २ हजार ९९५ मतसहित अग्रस्थानमा छन् भने उनलाई स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरले २ हजार ७५९ मतसहित पछ्याइरहेका छन् ।

प्रदेशसभा (२) मा नेपाली कांग्रेसका दोर्णकुमार कुवँर ४ हजार २८३ मतसहित अग्रस्थानमा छन् भने एमालेका लक्ष्मण पुन ३ हजार ५६८ मतसहित दोस्रो स्थानमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्