२४ असार २०८३, बुधबार

रुपन्देही १ : एमाले सचिवलाई टक्कर दिँदै नागरिक उन्मुक्ति पार्टी

रुपन्देही १ : एमाले सचिवलाई टक्कर दिँदै नागरिक उन्मुक्ति पार्टी
फाइल फोटो

रुपन्देहीको १ नम्बर निर्वाचन क्षेत्रमा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले अग्रता लिएका छन् ।

७ हजार ७२५ मत गणना हुँदा विश्वकर्माले १ हजार ७३८ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले १ हजार ५९७, स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले १ हजार ४०४ मत प्राप्त गरेका छन् ।

अहिले विश्वकर्मा र नागरिक उन्मुक्ति पार्टीका चौधरीबीच कडा टक्कर देखिन्छ । यसअघि २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट विश्वकर्मा निर्वाचित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्