
दाङको ३ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य पदमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दीपक गिरीले अग्रता कायमै राखेका छन् ।
आइतवार सम्पन्न निर्वाचनमा उनले २ हजार ४३६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार कोमल वलीले २ हजार १४८ मत प्राप्त गरेका छन् ।
निर्वाचन अधिकृत डोलनाथ घिमिरेका अनुसार उनीहरूबीच २८८ मतको मतान्तर रहेको छ ।
अहिलेसम्म ६ हजार १८० मतगणना भएको छ ।