
काठमाडौंको २ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले फराकिलो अग्रता लिएकी छन् ।
गौतमले २ हजार ८०० मत पाउँदा नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीले १ हजार ९६३ मत पाएकी छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उम्मेदवार कुन्तीदेवी पोखरेल उपाध्यायले १ हजार ९०० मत पायँदा नेकपा एमालेका मणिराम फुयालले १ हजार ८०२ मत पाएका छन् ।