
काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापाले मतान्तर थप बलियो बनाउँदै लगेका छन् ।
बिहान सवा ७ बजेको अपडेटअनुसार गगनले १७ हजार ५१४ प्राप्त गरेका छन् । थापालाई एमालेका राजन भट्टराईले ११ हजार ९४८ मतका साथ पछ्याइरहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३४ हजार ९०८ मत गणना हुँदा दुईबीचको मतान्तर ५५६६ छ । २०७० र २०७४ सालको चुनावमा थापा यसै क्षेत्रबाट विजय भएका थिए ।