१३ असार २०८३, शनिबार

बाढीले सीमा स्तम्भ बगे

कात्तिक २०, २०७४
बाढीले सीमा स्तम्भ बगे
बर्दिया, २७ औं- बबई नदीले कटान गर्दा दशगजामा रहेका पाँचवटा सहायक सीमास्तम्भ बगेका छन् । बाढीले मुख्य सीमास्तम्भ ५८ को गुलरिया नगरपालिका–१० मस्जदियास्थित सहायक स्तम्भ बगाएको हो । वर्षेनी स्तम्भ बगिरहँदा सीमा पनि मिचिएको स्थानीयको गुनासो छ ।images (1)

०५१ सालको बाढीले ५८ नम्बर सीमास्तम्भ बगाएको थियो । पॉच वर्षअघि मस्जदीयामा रहेको ६७०/८ नम्बरको सहायक स्तम्भ बगाएको स्थानीय प्रशासनले जनाएको छ । स्थानीय सुवेदार यादवले नदीले स्तम्भ बगाएपछि सीमा छुट्याउन समस्या भएको बताए । एक साताअघिको बाढीले कटानसँगै थप स्तम्भ पनि बगाएको छ ।
स्थानीय प्रशासन र प्रहरी टोलीले बुधबार सीमास्तम्भ बगेको क्षेत्र लटकनियाको अनुगमन गरे । टोलीमा प्रजिअ विष्णुबहादुर थापा, प्रहरी उपरिक्षक भरतबहादुर बोहोरालगायत सहभागी थिए । प्रजिअ थापाले सीमास्तम्भ बगाएको ठाउ‘ निरीक्षण गरि प्रतिवेदन बुझाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिइएको बताए, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्