
सप्तरी क्षेत्र नम्बर-२ मा जनमत पार्टीका डा. सीके राउत ६ हजार ४३४ मतले उपेन्द्र यादवभन्दा अगाडि छन् ।
अध्यक्ष राउतले १२ हजार ७८१ मत ल्याउँदा जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ६ हजार ३४७ मत ल्याएका छन् ।
प्रारम्भिक मतगणना शुरु भएदेखि नै अग्रता लिएको राउतले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका हुन् ।
त्यसै गरी सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले दुई हजार ४२१ मत ल्याएका छन् ।