०४ असार २०८३, बिहीबार

उत्तर कोरिया जाँदै नेता नेपाल, भ्रमण विवादास्पद

कात्तिक २०, २०७४
उत्तर कोरिया जाँदै नेता नेपाल, भ्रमण विवादास्पद
काठमाडौं, २७ साउन- एमाले नेता एवं पूर्वप्रधामन्त्री माधवकुमार नेपाल परराष्ट्र मन्त्रालयको आग्रहको बेवास्ता गर्दै शुक्रबार उत्तर कोरियाको राजधानी प्योङयाङ प्रस्थान गर्दै छन् ।एक कार्यक्रमको प्रमुख अतिथिका लागि नेता नेपाल सांसदहरू हरिबोल गजुरेल, छाया शर्मा, एकनाथ ढकालसहित प्योङयाङ जान लागेका हुन् । सांसदहरू भने बिहीबार नै त्यसतर्फ लागिसकेका छन् ।kim_nepal
उत्तर कोरियाले अमेरिका, दक्षिण कोरिया र जापानमाथि धावा बोलिरहेका बेला संयुक्त राष्ट्रसंघको एक सदस्य मुलुक नेपालका पूर्वप्रधानमन्त्रीको उत्तर कोरिया भ्रमण विवादास्पद बनेको छ । नेपालमा रहेका विभिन्न मुलुकका कूटनीतिज्ञले परराष्ट्र मन्त्रालयमार्फत भ्रमण समयानुकूल नभएको भन्दै नेता नेपाललाई उत्तर कोरिया भ्रमण रद्द गर्न आग्रह गरेका थिए । जवाफमा नेपालले नेपाल र उत्तर कोरियाबीच कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै पूर्वनिर्धारित कार्यक्रम भएकाले भ्रमण रद्द गर्ने मनस्थितिमा आफू नरहेको बताएका थिए ।
उनी 'इन्टरनेसनल फेस्टिभल इन प्रेज अफ ग्रेटपर्सन्स अफ माउन्ट पिकेटु' नामक कार्यक्रममा सहभागी हुन उत्तर कोरिया जान लागेका हुन् । उक्त कार्यक्रममा विभिन्न मुलुकका प्रभावशाली नेताहरूको उपस्थिति रहनेछ, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्