०४ साउन २०८३, सोमबार

सल्यानमा प्रकाश ज्वालाले बढाए दोब्बरभन्दा बढी मतान्तर

सल्यानमा प्रकाश ज्वालाले बढाए दोब्बरभन्दा बढी मतान्तर

सल्यानमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले प्रतिस्पर्धीभन्दा दोब्बरभन्दा बढी मतान्तरका साथ अग्रता लिएका छन् । 

पछिल्लो अपडेटअनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार ज्वालाले निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई चार हजार ७७९ मतले पछि पारेका हुन । 

ज्वालाले आठ हजार ९०७ र शाहले चार हजार १२८ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार राजेन्द्रवीर रायले दुई हजार ४२८ मत प्राप्त गरेका छन् । आइतबार सम्पन्न मतदानमा यहाँ प्रतिनिधिसभातर्फ ८४ हजार २२ मत खसेको थियो । 

सल्यानमा प्रदेशसभाका दुवै क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवार अगाडि छन् । प्रदेशसभा १ मा माओवादी केन्द्रका भीमप्रकाश शर्माले चार हजार ३६९, एमालेका कुलबहादुर गिरीले दुई हजार २०५ तथा प्रदेशसभा २ मा कांग्रेसका सुरेश अधिकारीले तीन हजार ५७० र एमालेका गुलाबजंग शाहले तीन हजार ४४४ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्