
बैतडीमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारीको अग्रता कायमै रहेको छ । सात हजार ५५० मत गणना हुँदा भण्डारीले तीन हजार ५९६ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए ।
उनलाई गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले तीन हजार २९ मतका साथ पछ्याइरहेका छन् । बैतडीमा प्रतिनिधिसभामा एकमात्रै क्षेत्र हो ।