
सप्तरी क्षेत्र नम्बर-३ प्रदेशसभा (ख)मा जनमत पार्टीका महेशप्रसाद यादव विजयी भएका छन् ।
प्रदेश सभामा १३ हजार ३२५ मत ल्याएर उनी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उमेशकुमार यादवले सात हजार २३ ल्याएका छन् ।
जनता समाजवादी पार्टीका लक्ष्मण यादवले पाँच हजार ६२१ मत ल्याएका छन्।