२६ असार २०८३, शुक्रबार

सोलोमन टापुमा ७.३ म्याग्निच्युडको भूकम्प

सोलोमन टापुमा ७.३ म्याग्निच्युडको भूकम्प

सोलोमन टापुको मालाङ्गोको दक्षिण–पश्चिममा मङ्गलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ ।

नोभेम्बर २२ मा १५ किलोमिटर गहिराइमा भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु ९.७९० डिग्री दक्षिण देशान्तर र १५९.६०१ डिग्री पूर्वी देशान्तर रहेको थियो । यद्यपि हालसम्म कुनै हताहतको खबर आएको छैन ।

इन्डोनेसियाको मुख्य टापु जाभामा ५.६ म्याग्निच्युडको भूकम्प गएको एक दिनपछि भूकम्प आएको हो । पश्चिमी जाभाका गभर्नर रिडवान कामिलले इन्डोनेसियाको जाभामा गएको भूकम्पमा परी १६० जनाभन्दा बढीको मृत्यु भएको सीएनएनले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्