काठमाडौं, २७ साउन– अमेरिका र उत्तर कोरियाबीचको तनावमा अब चीनको चासो जोडिएको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाईम्सले भनेका छ कि, यदि अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्छ भने चीनले त्यसको प्रतिकार गर्नुपर्छ । तर उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गरेको खण्डमा भने चीनले तटस्थ बस्नुपर्ने उक्त पत्रिकाको भनाइ छ ।
पत्रिकाकाले लेखेको छ कि अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्ने अवस्था आएर चीनले त्यसमा हस्तक्षेप गर्नुपर्छ ।
ग्लोबल टाईम्सले आफ्नो समाचारमा भनेको छ कि, यथास्थितिमा चीन उत्तरकोरियाको सत्तामा कुनै पनि परिवर्तन भएको चाहँदैन । यदि अमेरिकाले उत्तर कोरियाको सत्ता परिवर्तन गर्ने प्रयास गरेमा चीन त्यसको प्रतिकार गर्ने छ ।
चीन र अमेरिका तनाव बढ्ने संकेत
यस्तै बिहीवार दक्षिण चिनियाँ सागरमा अमेरिकी लडाकु जहाज देखिएको घटनामा चीनले कडा प्रतिक्रिया जनाएको छ । अमेरिकाको उक्त गतिविधिले चीनको सम्प्रभुता उल्लंघन गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
चिनियाँ विदेश मन्त्रायले उक्त घटनाले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको पनि जनाएको छ ।
अमेरिकाको उक्त गतिविधिले दुई देशबीच तनाव बढ्न सक्ने अनुमान गर्न थालिएको छ ।