२९ जेठ २०८३, शुक्रबार

डोक्लाम विवाद चल्दै गर्दा भारत र चीनको चेपुवामा नेपाल

कात्तिक २०, २०७४
डोक्लाम विवाद चल्दै गर्दा भारत र चीनको चेपुवामा नेपाल

काठमाडौं, २७ साउन — चीनका उपप्रधानमन्त्री वाङ याङ साउन ३० गतेदेखि शुरु हुनेगरी नेपालको चारदिने औपचारिक भ्रमणमा आउँदैछन् । डोक्लाम पठारका विषयमा भारत र चीन आमनेसामने भइरहेको बेलामा उनको भ्रमण हुन लागेको हो ।


वाङको भ्रमणपछि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ ७ देखि ११ सम्म भारतको औपचारिक भ्रमण गर्नेछन् । यसलार्य विश्लेषकहरूले बेइजिङ र नयाँ दिल्लीका बीच सन्तुलन मिलाउने काठमाडौंको कदमका रूपमा लिएका छन् ।

देउवा भारतबाट फर्किएपछि उपप्रधानमन्त्री कृष्णबहादुर महरा पनि बेइजिङ भ्रमणमा जाने योजना बनाइरहेका छन् ।

महराले नेपाल सीमा विवादमा ‘नतानिने’ र चीन वा भारत कसैबाट पनि प्रभावित नहुने बताएका छन् ।

नेपालले नयाँ दिल्ली र बेइजिङमा रहेका आफ्ना दूतावासहरूलाई काठमाडौं तटस्थ बस्छ भनी सन्देश पठाएको छ ।

विश्लेषकहरूका अनुसार अहिले विकसित घटनाक्रमले नयाँ गठबन्धन सरकारको नयाँ दिल्लीसँग निकट सम्बन्ध भएपनि बेइजिङसँगको व्यापार सम्बन्धमा आएको निकटताका कारण नेपाल एसियाका दुई ठूला देशको प्रतिस्पर्धामा च्यापिएको छ ।

‘चीन र भारतबीचको द्वन्द्वले नेपाल र भुटानजस्ता दक्षिण एसियाली मुलुकहरूलाई अप्ठ्यारो स्थितिमा ल्याएको छ किनकि यो द्वन्द्व उनीहरूको भूमिमा पनि आइपुग्ला भन्ने डर छ,’ पेकिङ विश्वविद्यालयमा दक्षिण एसिया अध्ययन केन्द्रका निर्देशक जियाङ जिङ्कुई बताउँछन् । ‘चीन र भारतबीच सुमधुर सम्बन्ध हुनु नै उनीहरूको सुरक्षाका लागि महत्त्वपूर्ण छ ।

वाङको भ्रमण चीनले लगानी गरेको निर्माण परियोजनामा केन्द्रित हुने अपेक्षा छ । यो बेइजिङको पेटी सडक पहलकदमी (बेल्ट रोड इनिसिएटिभ) को एक अंग हो । दुई देशबीच उच्चस्तरीय भेटघाटलाई पनि विषय बनाइनसक्छ ।

वाङले भारतसँगको विवादका विषयमा ‘चीनको धारणा व्याख्या गर्ने’ सम्भावनालाई पर्यवेक्षकहरूले औंल्याएका छन् ।

बेइजिङले आफ्नो छिमेकीमा प्रभाव र उपस्थिति बढाउनका लागि प्रयास गर्ने क्रममा नेपालमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न खोज्दैछ जसका कारण नेपालको इन्टरनेट सेवामा भारतको एकाधिकार अन्त्य हुन्छ ।

‘पाकिस्तानबाहेक नेपाललगायत दक्षिण एसियाली मुलुकहरू लामो समयदेखि भारतको प्रभावमा छन् र उससँग निकट सांस्कृतिक सम्बन्ध राख्छन्,’ किङ्दाओस्थित ओसन विश्वविद्यालयका डीन पाङ झोङयिङ बताउँछन् ।

तर काठमाडौं अहिले आर्थिक मामिलामा चीनप्रति बढी निर्भर हुँदै गइरहेको र उसले दुई शक्तिशाली छिमेकीमध्ये एकको पक्ष नलिनका लागि अझ बढी ध्यान दिनुपर्छ ।

‘सिंगापुरले चीन र अमेरिकाको प्रतिस्पर्धालाई सन्तुलनमा राख्न प्रमुख भूमिका खेलेभन्दा विपरीत नेपालजस्ता दक्षिण एसियाली मुलुकहरूले भारत र चीनबीचको द्वन्द्वमा मध्यस्थता गर्न सकेका छैनन्,’ उनले थपे ।

साउथ चाइना मर्निङ पोस्टबाट

salt training

कमेन्ट गर्नुहोस्