×

NMB BANK
NIC ASIA

स्वाइन फ्लू आतंक : चिकित्सक भन्छन्- सिजनल एन्फ्लुएन्जा, सजग रहन आग्रह

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, २७ साउन– इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एन्फ्लुएन्जा एच वान एन वान (स्वाइन फ्लू)को संक्रमणबाट हालसम्म १० जनाको मृत्यु भएको जनाएको छ ।

नेपालमा गत पुष महिनाबाट यो रोगको संक्रमण देखिएको महाशाखाका निर्देशक डा भिम आचार्यले बताए । उनले भने,‘ गएको पुष महिनादेखि अहिलेसम्म २७ सय ६७ जनामा यसको संक्रमण देखिएको थियो । जसमध्य १० जनाको मृत्यु भइसकेको छ ।’ भाइरलको रुपमा देखिएको यो रोगको संक्रमणबाट बच्न सजकता अपनाउन निर्देशक डा आचार्यले आग्रह गरे ।

केहि समय यता प्रकोपको रुपमा देखिएको रोग स्वाइन फ्लु नभएको चिकित्सकहरुले बताएका छन् ।चिकित्सकहरुका अनुसार अहिले देखिएको प्रकोप एन्फ्लुएन्जा एच १ एन १ हो ।

काठमाडौं, पोखरा लगायत देशका ठूला शहरहरुमा प्रकोपको रुपमा देखिएको भाइरस स्वाइन फ्लू नभई सिजनल एन्फ्लुएन्जा एच १ एन १ भएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । ‘प्राविधिक रुपमा यसलाई स्वाइन फ्लु भन्न मिल्दैन ।’ उनले भने,‘ सुंगुरुको संक्रमणबाट नभएकाले यो स्वाइन फ्लु होइन । यसको वास्तविक नाम एच १ एन १ पिडिएम २००९ हो ।’

सन् २००९ मा मेक्किन मुलुकका सुंगुर पालक किसानहरुको एन्फ्लुएन्जाको कारण मृत्यु भएको र त्यसको संक्रमण विस्तारै अफ्रिकामा पनि देखिएपछि त्यहाका वैज्ञानिकहरुले स्वाइन फ्लु नाम दिएको डा. पुनले जानकारी दिए ।

त्यतिबेला मान्छे, पंछि र सुंगुरमा देखिएको संक्रमणमा सबैभन्दा बढी एच वान एन वानको संक्रमण संगुरमा रहेको थियो । तर अहिले देखिएको एन्फ्लुएन्जा सुंगुरको संक्रमणबाट नभएको उनले बताए ।

चिकित्सक पुन
एच वान एन वानको संक्रमित व्यक्ति अन्तिम अवस्थामा उपचारको लागि अस्पताल पुग्दा उनीहरुको मृत्यु हुने डा.पुनले बताए ।

उनले भने,‘ यो भाइरल इन्फेक्सन भएकाले छिटो संक्रमण हुन्छ । र अहिलेसम्म मृत्यु भएकाहरु अन्तिम अवस्थामा अस्पताल पुग्दा उनीहरुको मृत्यु भएको हुनसक्छ । यसले फोक्सोमा संक्रमण गर्ने भएकाले दीर्घ रोगीहरुले सामान्य रुघाखोकी लाग्दा घरेलु उपचार गरेर हुदैन अस्पताल आउनु पर्छ ।’

नेपालमा वर्षाको समय र जाडोको अन्त्य तिर यसको संक्रमण रहेकाले यसको संक्रमण हुन नदिन सजक हुनुपर्ने डा. पुनले बताए । संक्रमित व्यक्तिमा ज्वरो आउने, सास फेर्न गाह्रो हुने, घाटी दुख्ने, पखला लाग्ने, बालबालिकामा वान्ता हुने समस्या देखिने भन्दै यस्तो लक्षण देखिएका अस्पतालमा चेकजाच गराउन पर्ने उनको भनाइ छ ।

शहरी क्षेत्रमा बढी चहल पहल हुने हुँदा यो रोगको संक्रमण बढी भएको देखिन्छ । त्यसैले संक्रमित व्यक्तिले सकेसम्म भीडभाडमा नजाने, घरका अन्य सदस्यहरुमा सर्न सक्नेहँुदा संक्रमित व्यक्ति छुट्टै बस्ने र सरसफाइमा विशेष ध्यान दिनु जरुरी छ । साथै विरामीले प्रयोग गर्नै सामाग्री प्रयोगअन्य व्यक्तिले प्रयोग गर्न नहुने चिकित्सकको भनाइ छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x