
प्रतिनिधि सभातर्फ सिन्धुपाल्चोक १ बाट नेकपा माओवादी केन्द्रका माधव सापकोटा विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार सापकोटाले नेकपा एमालेका सरेस नेपाललाई पराजित गरेका हुन् ।
अन्तिम मतपरिणामअनुसार सापकोटाले ३० हजार ३७४ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिष्पर्धी एमालेका नेपालले २७ हजार २१ मत प्राप्त गरेका छन् । सापकोटाले नेपाललाई ३ हजार ३५३ मतान्तरले पराजित गरेका छन् ।