०९ साउन २०८३, शनिबार

प्रदेश सभा समानुपातिक मतः मधेशमा कांग्रेस, कर्णालीमा माओवादी र बाँकीमा एमाले अगाडि

प्रदेश सभा समानुपातिक मतः मधेशमा कांग्रेस, कर्णालीमा माओवादी र बाँकीमा एमाले अगाडि

प्रदेश सभा सदस्य समानुपातिक सिटतर्फ मतगणना जारी रहेको छ । निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार  प्रदेश नं.१ मा नेकपा (एमाले)ले ९३ हजार ४७१ मत प्राप्त गरेको छ । 

त्यसैगरी नेपाली कांग्रेसले ८२ हजार २८० मत ल्याएको छ । नेकपा (माओवादी केन्द्र) ले ३७ हजार १९२, राष्ट्रिय प्रजातन्त्र पार्टीले २८ हजार ३९३ र जनता समाजवादी पार्टीले १२ हजार ६२४ मत प्राप्त गरेको छ । 

मधेश प्रदेशमा कांग्रेस अगाडि 

मधेश प्रदेशमा भने नेपाली कांग्रेसले अहिलेसम्म सबैभन्दा बढी मत प्राप्त गरेको छ । कांग्रेसले २५ हजार९३० मत ल्याएको छ । एमालेले २१ हजार ९२५, जनमत पार्टीले २० हजार ४४५, जनता समाजवादी पार्टी, नेपालले १४ हजार ३४७ र माओवादी केन्द्रले १० हजार ५३१ मत पाएको छ । 

बागमती प्रदेशमा एमाले नै अगाडि देखिएको छ । उसले ६८ हजार ९७८ मत ल्याएको छ । कांग्रेसले ६७ हजार ४९७ मत ल्याएर एमालेलाई पछ्याइरहेको छ । राप्रपाले ४६ हजार २२२ र माओवादीले ३१ हजार ८४७ मत पाएको छ । बागमती प्रदेश समानुपातिकमा नेपाल मजदुर किसान पार्टीले ३१ हजार ७५० मत प्राप्त गरेको आयोगले जनाएको छ । 

गण्डकी प्रदेशमा एमालेले ९४ हजार ९०१, कांग्रेसले ७८ हजार ८१६, माओवादी केन्द्र ले ३८ हजार ७६, राष्ट्रिय प्रजातन्त्र पार्टीले १७ हजार ८५० र नेकपा (एकीकृत समाजवादी) ले ६ हजार ९७८ मत ल्याएको छ ।   

लुम्बिनी प्रदेशमा एमालेले १ लाख २२ हजार १६९ मत पाएको छ भने कांग्रेसले १ लाख २ हजार ६१२, माओवादीले ३२ हजार८७८, राप्रपाले २७ हजार ९०७ र नागरिक उन्मुक्ति पार्टीलले ११ हजार ८४३ मत पाएको छ । 

कर्णाली प्रदेशमा समानुपातिकमा भने अहिलेसम्म माओवादी पहिलो पार्टी बनेको छ । माओवादीले १३ हजार ७४२ मत पाएको छ । एमालेले ६ हजार ६९७ मत पाएको छ भने कांग्रेसले ४ हजार ६५९ मत ल्याएको छ । त्यसैगरी (एकीकृत समाजवादी) ले १ हजार ६२७ मत पाएको छ । राप्रपाले ९०१ मत पाएको छ । 

सुदूरपश्चिम प्रदेश समानुपातिक मतबारे भने आयोगले अद्यावधिक गरेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्