
रुपन्देही क्षेत्र नम्बर-२ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिला गिरी विजयी भएका छन् ।
१७ हजार ६३२ मत प्राप्त गरेर उनी विजयी भएका हुन् ।
गिरीसँग पराजित भएका सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसी (कुमार) ले १४ हजार ९९८ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा सदस्यमा निर्वाचित गिरी एमालेबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका दावेदार हुन् । उनी शंकर पोखरेल नेतृत्वको सरकारमा उद्योग, वन तथा पर्यटन मन्त्री थिए । यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो ।