२५ असार २०८३, बिहीबार
प्रनितिधिसभा निर्वाचन

प्रतिस्पर्धीभन्दा ३४ हजार बढी मत ल्याएर रवि लामिछानेले जिते चुनाव

प्रतिस्पर्धीभन्दा ३४ हजार बढी मत ल्याएर रवि लामिछानेले जिते चुनाव

चितवन क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका छन् । 

लामिछानेले ४९ हजार २६१ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन् । त्यस्तै, एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत ल्याएका छन् । 

लामिछाने भारी मतान्तरले विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार श्रेष्ठको मतभन्दा ३४ हजार १६२ बढी मत ल्याएर निर्वाचित भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्