
नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई पछि पार्दै राप्रपाका दीपक सिंहले अग्रता लिएका छन् ।
हार स्वीकार गरिसकेका कमल थापा तेस्रो स्थानमा छन् । शुरूआती गणनामा पछि परेका सिंह अन्तिम चरणमा अग्रस्थानमा आएका छन् ।
सिंहले २३ हजार ३ सय ५८ मत ल्याउँदा डिनाले २३ हजार ३ सय ४० मत पाएकी छिन् ।
एमालेको समर्थन रहेका कमल थापाले २२ हजार ६ सय ५८ मत पाएका छन् ।
चर्चित बलिउड नायिका मनीषा कोइरालाले राप्रपाका सिंहलाई भोट माग्ने सभामा सम्बोधन गरेकी थिइन् ।