
गुल्मी निर्वाचन क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीले अग्रता लिइरहेका छन् ।
बिहीबार दिउँसोको ताजा अपडेट अनुसार भण्डारीले ज्ञवालीलाई ८१२ मतले उछिनेका हुन् । अहिले भण्डारीले १३ हजार ३०२ मत ल्याएका छन् भने प्रदीप ज्ञवालीले १२ हजार ४९० मत ल्याएका छन् ।
यस क्षेत्रमा एक लाख १९ हजार २८८ जना मतदाता रहेकोमा ६९ हजार ६८३ जनाले मतदान गरेका थिए ।