३१ असार २०८३, बुधबार

पर्वतमा एमालेको 'क्लिन स्वीप'

पर्वतमा एमालेको 'क्लिन स्वीप'

प्रतिनिधिसभाका लागि एउटा निर्वाचन क्षेत्र र प्रदेशका दुई क्षेत्र रहेको पर्वतमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् 

प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित भएका हुन्  । प्रतिनिधिसभामा गिरीले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई दुई हजार २६३ मतान्तरले पछाडि पार्दै विजयी भएका हुन् । गिरीले २९ हजार ८२ मत प्राप्त गरेका छन् । जोशीले २७ हजार ६०९ मत ल्याए । 

साथै, दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा-१ मा एमालेका भक्त कुँवरले नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदीप कुँवरलाई पराजित गरे । कुँवरले १६ हजार ८१ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार कुँवरले १३ हजार ७४२ मत प्राप्त गरे । 

प्रदेशसभा-२ मा एमाले उम्मेदवार मित्रलाल बस्यालले १४ हजार १३२ मत ल्याई विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार ऋषिकेश तिवारीले १२ हजार २१० मत प्राप्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्