०८ साउन २०८३, शुक्रबार

प्रधानमन्त्री देउवाको गृहजिल्लामा स्वतन्त्र उम्मेदवार तारा जोशी विजयी, मन्त्री पराजित

प्रधानमन्त्री देउवाको गृहजिल्लामा स्वतन्त्र उम्मेदवार तारा जोशी विजयी, मन्त्री पराजित

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी विजयी भएका छन् ।

प्रदेशसभा क्षेत्र (२) मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज बोहरालाई पराजित गर्दै जोशी विजयी भएका हुन् । बोहरा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री हुन् ।

निर्वाचनमा जोशीले ११ हजार १६२ मत पाएका छन् भने बोहराले १० हजार ७३७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार गजेन्द्रबहादुर शाहीले १ हजार ५३५ मत पाएका छन् ।

चुनावअघि नेकपा एकीकृत समाजवादीका नेता रहेका जोशीलाई गठबन्धनमा टिकट नमिलेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्