०६ साउन २०८३, बुधबार
प्रतिनिधि सभा निर्वाचन

कीर्तिमानी जीतपछि रविले भने – चितवनले मलाई दोस्रोपटक गुन लगायो, राम्रो अंक ल्याएर पास गर्छु

कीर्तिमानी जीतपछि रविले भने – चितवनले मलाई दोस्रोपटक गुन लगायो, राम्रो अंक ल्याएर पास गर्छु
फाइल फोटो

चितवनको २ नम्बर निर्वाचन क्षेत्रबाट विशाल मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय परीक्षामा राम्रो अंक ल्याएर पास हुने बताएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा विजयी भएपछि पत्रकारहरूसँगको संक्षिप्त प्रतिक्रियामा रविले आफूले चुनाव जितेको नभई परीक्षाका लागि चुनिएको बताएका हुन् । 

‘मलाई चितवनवासीले जाँच दिनका लागि चुनेर पठाउनुभएको हो । रिजल्ट ५ वर्षपछि आउँछ, राम्रो नम्बर ल्याएर पास हुनेछु,’ लामिछानेले भने । प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजारको फराकिलो मतान्तरले पराजित गर्दै रवि विजयी भएका थिए ।

रविले चितवनले आफूलाई दोस्रोपटक न्याय दिलाएको भन्दै आभार व्यक्त गरे । ‘पहिलोपटक मलाई न्याय दिन गुन लगायो, दोस्रोपटक देशलाई न्याय दिन संसदमा जान गुन लगायो,’ लामिछानेले भने ।

सरकारका बहालवाला मन्त्रीलाई भारी मतान्तरले पराजित गरेपछि चितवनमा रविका समर्थकले विजय उत्सव मनाएका छन् । चितवनकै १ नम्बर क्षेत्रमा पनि रविको पार्टी जीतनजिक पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्