
कैलाली क्षेत्र नं १ प्रदेशसभा (१) तर्फ पनि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी भएका छन् ।
प्रदेशसभा (१) मा चौधरी १५ हजार १०१ मत प्राप्त गर्दै विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीले १० हजार ३७७ मत प्राप्त गरेका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमबहादुर बमले चार हजार ६० मत ल्याउँदा जनता समाजवादी पार्टीका भगतराम चौधरीले दुई हजार २७८ मत प्राप्त गरेका छन् । जसपालाई नेकपा एमालेको समर्थन रहेको थियो । यस क्षेत्रमा ३५ हजार १६२ मत खसेको थियो ।