
पाँचथरमा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी एमालेका बसन्तकुमार नेम्बाङले अग्रता लिएका छन् ।
पछिल्लो अपडेटअनुसार नेम्बाङ १७ मतले नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेभन्दा अघि छन् । एमालेका बसन्तकुमार नेम्वाङले २० हजार ३९८ मत ल्याएका हुन् भने कांग्रेसका भीष्मराज आङदेम्बेले २० हजार ३८१ मत ल्याएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पाँचथरमा ७५ हजार ३५२ मत खसेको थियो ।