२३ जेठ २०८३, शनिबार

भारतमा समेत रविको चर्चा, आजतकले लेख्यो – एक पत्रकारले बजाए पुराना नेताको घण्टी !

भारतमा समेत रविको चर्चा, आजतकले लेख्यो – एक पत्रकारले बजाए पुराना नेताको घण्टी !
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गर्दै प्रतिनिधिसभा चुनावमा सफलता पाएको खबर भारतसम्म फैलिएको छ ।

भारतीय सञ्चारमाध्यम आजतकले रविको राजनीतिक सफलतालाई रोचक ढंगले प्रस्तुत गरेको छ ।

आजतक अनलाइनले लेखेको छ, ‘प्राप्त नतिजामा कुनै दल वा गठबन्धनलाई स्पष्ट बहुमत मिल्ने आशा देखिँदैन । राजनीतिक दलका दाबीलाई झूटा साबित गर्दै एक नयाँ राजनीतिक पार्टीले सबैका लागि खतराको घण्टी बजाएको छ ।’

समाचारमा लेखिएको छ, ‘नेपालका २–४ प्रमुख दलका केही ठूला नेताको मुठठ्ीमा जकडिएको नेपालको राजनीतिलाई उनीहरूको चंगुलबाट मुक्त गराउनका लागि स्वतन्त्र पार्टीले घण्टी चुनाव चिह्न लिएर पहिलोचोटी उम्मेदवारी दिएको थियो ।’

मात्रै ६ महिना पहिले नेपालको राजनीतिको चाल र चरित्र परिवर्तन गर्न केही युवाले मिलेर चुनाव लड्ने घोषणा गरेका थिए । काठमाडौंका महत्त्वपूर्ण क्षेत्र घण्टीले जितेको समाचारमा उल्लेख छ ।

नेपाली कांग्रेस र नेकपा एमालेपछि स्वतन्त्र पार्टी तेस्रो नम्बरमा रहेको र माओवादी लगायत कैयौ पुराना पार्टीलाई पछाडि धकेलेको समाचारमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्