
शुरुआती अग्रता लिएर मतगणनाको क्रममा पछि परेका नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले पुन:अग्रता लिएका छन् ।
गुल्मी निर्वाचन क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीलाई नेकपा एमालेका प्रदीप ज्ञवालीले उछिनेका हुन् ।
पछिल्लो परिणामअनुसार ज्ञवालीले १६ हजार ३४६ मत ल्याएका छन् भने चन्द्र भण्डारीले १५ हजार ८३३ मत ल्याएका छन् ।
यस क्षेत्रमा एक लाख १९ हजार २८८ जना मतदाता रहेकोमा ६९ हजार ६८३ जनाले मतदान गरेका थिए ।