
सनसिल्क दशैं भाइब्स २ प्रतियोगिताका विजेताहरूको घोषणा भएको छ । सनसिल्क नेपालले हिन्दू नेपालीहरूको महान चाड दशैं २०२१ को अवसर पारेर एक डिजिटल कन्टेस्ट ‘सनसिल्क दशैं भाइब्स’ सञ्चालन गरेको थियो । जसमा प्रतियोगीहरूले आफ्नो राम्रो हेयरस्टाइल र दशैं भाइब्स प्रदर्शन गरी सहभागी हुनसक्ने थिए ।
अभियानलाई ६० मिलियन भन्दा बढीको भ्युज प्राप्त भएको थियो भने २८०० भन्दा बढी प्रतियोगीहरूले आ–आफ्नो सुन्दर हेयर स्टाइलका साथ दशैं भाइब्स प्रदर्शन गरेर अभियानले उल्लेख्य सफलता हासिल गरेको थियो । प्रतियोगिताका विजेताहरूलाई सनसिल्कको सीमित ‘दशैंप्याक’ संस्करणमा प्रस्तुत हुने विशेष अवसर प्रदान गरिएको थियो ।
यसप्रकारको योजना नेपालमा पहिलोपटक शुरु गरिएको हो । यी प्याकहरूको माध्यमबाट सनसिल्क ग्याङ अफ गल्र्स हजारौं नेपालीपरिवारहरूसम्म पुगेको छ ।
युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीका अनुसार नेपालमा बिक्री हुने एवं लाखौं ग्राहकहरुको रोजाई बनेको सनसिल्क निःसन्देह नेपालको सबैभन्दा ठूलो सौन्दर्य ब्राण्ड हो । गतवर्ष सन् २०२१ को दशैं पर्वको दौरानमा आयोजित दशैं भाइब्स प्रतियोगिताको विजेताहरू सनसिल्क ग्याङ अफ गल्र्सलाई प्रस्तुत गर्न पाउँदा युनिलिभर परिवार हर्षित भएको छ ।
प्रतियोगिताले आफैमा एक अभूतपूर्व सफलता हासिल गरेको प्रबन्ध निर्देशक मुखर्जीले बताए । ‘सनसिल्क विश्वास गर्दछ कि जब युवतीहरुले सम्भावनाहरुलाई व्यापक बनाउन पाउँछन् तब उनीहरु जीवनमा अघि बढ्छन् । हामीले उनीहरुलाई उनीहरुको सुन्दर कपालको प्रदर्शन गर्ने अवसर प्रदान गरेर सनसिल्क ब्राण्डको प्याकमा आफूलाई प्रस्तुत गर्ने सुनौलो मौका प्रदान गरेका थियौँ’, उनले भने, ‘हामी विश्वास गर्दछौँ कि सुन्दरता सरल हुन्छ र धेरै माध्यमबाट कैद गर्न सकिन्छ । हामी हाम्रा ब्राण्डहरूलाई हाम्रा उपभोक्ताहरू सँगसँगै स्थानीय चाडबाडहरू र संस्कृतिहरूसँग पनि जोड्न चाहन्छौँ । सनसिल्क दशैं भाइब्स र सनसिल्क ग्याङ अफ गल्र्स हाम्रो त्यस्तै प्रयासहरूमध्ये एक हो ।’
सिजन १ मा प्राप्त सफलतालाई निरन्तरता दिँदै सेप्टेम्बर १, २०२२मा ‘डबल सेलिब्रेशन’ नाराका साथ सन सिल्क दशैं भाइब्स २ सञ्चालन गरिएको थियो । जुन प्रतियोगितामा सहभागी बन्न सहभागीहरुले उनीहरुको राम्रो हेयर स्टाइलहरुका साथ दशैं भाइब्स प्रदर्शन गरेको फोटो वा भिडियो पठाउनु पर्ने थियो । सहभागीहरुमध्ये ३ जना विजेतालाई रु.१÷१लाख नगद पुरस्कारका साथै प्रिन्सी र प्रिज्मासँग सनसिल्क ग्याङ अफ गल्र्सको नेतृत्व गर्ने र सनसिल्कको प्याकहरुमा प्रस्तुत हुने अवसर दिइएको थियो । यी विजेताहरुको चयनको लागि प्रख्यात व्यक्तित्वहरू नायिका वर्षा राउत, गायिका मेलिना राई र केशविज्ञ स्वस्तिका राजभण्डारी रहेको एक निर्णायक मण्डली बनाइएको थियो । दोस्रो संस्करणको सफलतामा ३७३२ प्रविष्टीहरु प्राप्त भएका थिए । जसलाई डिजिटल प्रचारात्मक सामग्रीहरु एवं प्रत्यक्ष क्रियाकलापहरुको साथ समर्थन रहेको थियो । यस अभियानले टिकटकमा ६६ मिलियनभन्दा धेरैर अन्य सबै डिजिटलमाध्यमहरुमा १०० मिलियनभन्दा बढी भ्युज पाउन सफल भएको छ । सम्भवतः, यो नेपालको सबैभन्दा विशाल डिजिटल प्रचार अभियान हो भन्न सकिन्छ ।
आधुनिक प्रविधिहरु, डिजिटलाइजेसनका साथमा विश्व अगाडि बढिरहेको सन्दर्भमा नेपाल पनि त्यसबाट पनि अघि बढ्नुपर्छ । सनसिल्क नेपालले तीव्र गतिमा परिवर्तन भैरहेको वातावरणतर्फ आफूलाई अनुकूलन बनाउँदै लगेको छ र डिजिटलाइजेसनमार्फत सफलता प्राप्त गर्ने एक ब्राण्ड बनेको छ ।
सनसिल्क दशैं भाइब्स २ को अन्तिम चरणको कार्यक्रम २३ नोभेम्बर, २०२२मा होटल र्याडिसनमा आयोजना गरिएको थियो । जुन कार्यक्रममा सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ र सनिषा भट्टराईलाई विजेता घोषणा गरिएको थियो ।
प्रत्येक विजेताले रु.१ लाख दरले नगद पुरस्कार प्राप्त गरेका छन् । साथैउनीहरुले ब्राण्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासँगै १ वर्षको लागि सन सिल्क ग्याङ अफ गल्र्स बनेर अर्को वर्ष सनसिल्कको प्याकहरुमा प्रदर्शित हुने अवसर पनि प्राप्त गरेका छन् ।