१० साउन २०८३, आइतबार

भारतीय मिडियाले लेखे – नेपालमा कांग्रेस जित्नु भारतका लागि सुखद खबर हो

भारतीय मिडियाले लेखे – नेपालमा कांग्रेस जित्नु भारतका लागि सुखद खबर हो
प्रतिकात्मक तस्वीर

आइतवार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेस पहिलो पार्टी बन्ने देखिएको छ ।

चुनावी परिणाममा कांग्रेस पहिलो पार्टी बन्ने देखिएपछि भारतीय मिडियामा खुशी व्यक्त भएको छ ।

आजतक लेखेको छ, ‘चुनावमा कांग्रेसको जीत भारतका लागि सुखद खबर हो ।’

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले वामपन्थी दलहरूबीच एकता गराउन नसक्नुलाई उनको असफलतासँग पनि जोडिएको छ । सोही असफलताका कारण यान्छीले काठमाडौं छाड्नुपरेको व्याख्या समेत गरिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको नक्सा जारी गर्दा चिनियाँ पक्षको साथ पाएको विश्लेषण समेत समाचारमा गरिएको छ । 

राजदूतको कार्यकाल पूरा भएपछि यान्छी स्वदेश फिर्ता हुँदैछिन् । 

salt training

कमेन्ट गर्नुहोस्