
सर्लाहीको ४ नम्बर निर्वाचन क्षेत्रको प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार डा. अमरेशकुमार सिंह विजयी भएका छन् ।
नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका सिंहले २० हजार १७ मत ल्याई जीत निकालेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यलयका अनुसार सिंहले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेन्द्र रायलाई १ हजार ७६५ मतान्तरले पराजित गरे । रायले १८ हजार २५२ मत ल्याए । विजयी सिंह यसअघि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
स्वतन्त्र उम्मेदवार मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।