२१ जेठ २०८३, बिहीबार

मुगुमा कांग्रेसका शाहीको अग्रता कायमै

मुगुमा कांग्रेसका शाहीको अग्रता कायमै

मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार ऐनबहादुर शाहीले ५ हजार ७८२ मत प्राप्त गरेका छन् ।

जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार नेकपा एमालेका उम्मेदवार राजबहादुर कार्कीले ४ हजार ५२० मत प्राप्त गरेका छन् ।

शाही र कार्कीबीच १ हजार २६२ मतान्तर रहेको छ । 

प्रदेशसभा क्षेत्र (१) मा एमालेका जीतबहादुर मल्लले १ हजार ९०९ तथा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका गोपालबहादुर बमले १ हजार ७०४ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा क्षेत्र (२) मा एमालेका कर्णबहादुर मल्लले १ हजार ३५० र नेकपा माओवादी केन्द्रका मंगलबहादुर शाहीले १ हजार ७१७ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्