×

NMB BANK
NIC ASIA

मतदातालाई निःशुल्क स्वास्थ्य उपचार सेवाले बढायो डा. शेखरको मत !

मंसिर ९, २०७९

NTC
Premier Steels

२०७४ सालको निर्वाचनमा झिनो मतान्तरले पराजय भोगेका डा. शेखर कोइराला यसपटकको आम निर्वाचनमा विजयी भए । त्यतिबेला कांग्रेसभित्र अन्तर्विरोध भएका कारण उनले पराजय भोग्नुपरेको थियो ।

Muktinath Bank

अघिल्लो चुनावको हारपछिको समीक्षामा शेखरले हार्नुको कारण अन्तर्घात भएको निष्कर्ष निकालेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनाव हारेपछि अधिकांश समय आफ्नै क्षेत्रमा बिताएका शेखर अन्तर्घात गर्नेलाई चिढाउनेभन्दा पनि समेट्ने प्रयासमा लागे । एमालेका लालबाबु पण्डितले धेरै मत ल्याएको क्षेत्रलाई निशाना बनाए, सक्रियता बढाए ।


Advertisment
Nabil box
Kumari

चुनाव जितेपछि पण्डितले मतदाता भेट्न खासै चासो नदिएपछि ‘हारेको नेता आइरहेको छु’ भन्दै शेखर मतदाताको घरदैलोमा पुगे । आफैं डाक्टर भएकाले उनीहरूको निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिदिन थाले । 

Vianet communication

२०७९ सालको आम निर्वाचनमा अघिल्लो पटकको अन्तर्घातलाई रोक्दै एमालेभित्रको अन्तर्घातलाई सदुपयोग गरेर उनी भारी मतान्तरले विजयी भए । उनका लागि सत्ता गठबन्धन समेत जित्ने आधार बनेको थियो । 

कोइराला ३५ हजार २१३ मत ल्याएर विजयी भए भने  पण्डितले २२ हजार ९२९ मत मात्रै पाए, मतान्तर १२ हजार २८६ छ ।  

अल इण्डिया मेडिकल साइन्स इन्स्टिच्युट (एमस), भारतबाट एमडी गरेका उनले २०२८ सालमा पार्टी सदस्यता प्राप्त गरे पनि पार्टीको सक्रिय राजनीतिमा लागेका थिए । कांग्रेसको ११औं, १२औं र १३औं महाधिवेशनमा उनी केन्द्रीय सदस्य भए ।

१४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका उनी संस्थापनइतर समूहका नेता मानिन्छन् ।

२०६५ सालमा भएको संविधानसभाको उपनिर्वाचनमा उनी मोरङ–६ बाट निर्वाचित भएका थिए । दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा मोरङ–६ बाट पुनः निर्वाचित भएका उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने पराजित भएका थिए । 

कोइरालालाई १२ बुँदे विस्तृत शान्ति सम्झौताका मूल सूत्रधार मानिन्छ । तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सहयोगी भएर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता गरेका थिए उनले । अन्तरिम संविधान निर्माणमा समेत उनले महत्त्वपूर्ण भूमिका खेलेको नेताहरू बताउँछन् ।

संविधान निर्माणमा राज्यको हरेक निकायमा मधेशी, मुस्लिम, महिला, दलित र आदिवासी जनजातिको समावेशिताको व्यवस्था राख्न कांग्रेसको ‘ह्वीप’ नमानी संविधान सभामा संशोधन प्रस्ताव दर्ता गराएका थिए । कोइरालाले संविधानसभा सदस्य पदक प्राप्त गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x