
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गुल्मीको १ नम्बर निर्वाचन क्षेत्रमा फेरि अग्रता लिइरहेका छन् ।
बिहीवार दिनभर भण्डारी र नेकपा एमालेका प्रदीप ज्ञवालीबीच प्रतिस्पर्धा चलेको थियो ।
स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेको रेसुङ्गा नगरपालिकाको गणनामा भण्डारीले अग्रता लिएका हुन् ।
भण्डारीको २९ हजार ९९८ मत छ भने एमालेका ज्ञवालीले २८ हजार ६८४ मत प्राप्त गरेका छन् । २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भण्डारीलाई पराजित गर्दै ज्ञवाली विजयी भएका थिए ।