माघ १६, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद दिवसका अवसरमा आज लैनचौरस्थित शहीद स्मारकमा पुगेर सम्मान अर्पण गरेका छन् । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइँदैछ । सोही क्रममा प्रधानम...
काठमाडाैं | मंसिर ९, २०७९
पहिलो दल बन्न लागेको नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण नतिजा आइनसक्दै संसदीय दलको नेता बन्न रस्साकस्सी शुरू हुने भएको छ ।
प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता बन्नुपर्ने बाध्यकारी व्यवस्थाका कारण कांग्रेसभित्र संसदीय दलको नेताका आकांक्षी धेरै देखिएका छन् ।
पार्टी सभापति, महामन्त्रीदेखि पूर्वमहामन्त्रीसम्मले प्रधानमन्त्रीको आकांक्षा देखाएका छन् ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको नेताका लागि स्वाभाविक दाबेदार हुन् ।
प्रधानमन्त्रीको पाँचौं कार्यकालको उत्तरार्द्धमा रहेका देउवाले ‘वाक ओभर’ दिएमा संसदीय दलको निर्वाचनमा अझ रोचक प्रतिस्पर्धा हुनेछ ।
यसअघि २०७४ सालको प्रतिनिधिसभापछिको कालखण्डमा देउवा संसदीय दलको नेता थिए ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि देउवा डडेल्धुराबाट विजयी भएर संसदीय दलको नेता बन्ने योग्यता पूरा गरेका छन् ।
संसदीय दलको नेताका लागि सबैभन्दा पहिलो दाबी महामन्त्री गगन थापाले पेश गरेका छन् ।
काठमाडौं– ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएलगत्तै गगनले संसदीय दलको चुनाव लड्ने तयारी थाल्ने बताएका थिए ।
गगनको प्रयासमा अर्का महामन्त्री विश्वप्रकाशको समर्थन देखिएको छ । प्रदीप पौडेललगायत युवा नेताले गगनलाई समर्थन गर्ने सम्भावना छ ।
गगनलाई बधाई दिने क्रममा विश्वप्रकाशले संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीमा प्रस्ताव गर्न चाहेको लेखेका थिए । विश्वप्रकाशको समर्थनले गगनको दाबेदारी बलियो देखिएको छ ।
गगन, विश्वप्रकाशलगायत युवा पुस्ताका नेताले सभापति देउवाले क्रमशः शक्ति हस्तान्तरण गर्नुपर्ने लबिङ गरिरहेका छन् ।
१४ औं महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइराला पनि संसदीय दलको नेताका एक सशक्त दाबेदार हुन् ।
कांग्रेसमा संस्थापनइतर समूहको नेतृत्व अहिले डा. शेखर कोइरालाले गरेका छन् । शेखर पनि मोरङ– ६ बाट फराकिलो मतान्तरसहित विजयी भएका छन् ।
प्रत्यक्षतर्फ टिकट दिलाउन कोइरालाले पहल गरेका संस्थापनइतरका उल्लेख्य नेताले चुनाव जितेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि संसदीय दलको नेताका लागि दाबी पेश गरेका छन् ।
प्रतिनिधि सभाको टिकट पाएलगत्तै पौडेलले अन्तिमपटक चुनाव जितेर देशको नेतृत्व गर्ने आकांक्षा व्यक्त गरेका थिए । पौडेलले तनहुँ– १ बाट चुनाव जितेर संसद् यात्रा तय गरिसकेका छन् ।
पार्टीभित्र संस्थापन या संस्थापनइतर कतै नखुलेका पौडेल दुवै पक्षले आफूलाई समर्थन गरोस् भन्ने चाहन्छन् । यद्यपि पौडेलले चाहेजस्तो दुवै पक्षले उनलाई संसदीय दलको नेतामा अघि सार्ने सम्भावना कम छ ।
आफूलाई सभापतिको सर्वसम्मत उम्मेदवार नबनाइएपछि पौडेलले संस्थापन इतरको नेता बन्ने अवसर गुमाइसकेका छन् । संस्थापनइतर समूहको नेतृत्व अहिले शेखर–गगनले गरेका छन् ।
प्रधानमन्त्रीको आकांक्षा गर्नेमा कांग्रेसका अन्य नेतापनि छन्, त्यसका लागि पहिले उनीहरूले संसदीय दलको नेता जित्नुपर्छ ।
पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा. शशांक कोइरालाले पनि आफूहरू प्रधानमन्त्रीको दाबेदार रहेको बताइसकेका छन् ।
काठमाडौं १ मा रवीन्द्र मिश्रलाई पराजित गरेर सांसद पद सुरक्षित गरेका प्रकाशमानले आफू प्रधानमन्त्रीका लागि सबै हिसाबले योग्य रहेको बताएका थिए ।
पूर्वी नवलपरासीबाट लगातार चौथो जित हासिल गरेपछि शशांकले आफू प्रधानमन्त्री बन्ने प्रशस्त आधार रहेको दाबी गरे ।
‘म प्रधानमन्त्रीको दाबेदार हुँ, नत्र राजनीति किन गर्ने ? प्रधानमन्त्री बन्ने प्रशस्त आधार छ । चारपटक चुनाव जितेको छु । यो भन्दा बढ्दा के चाहियो ?’ बिहीवार चुनाव जितेपछि कोइरालाले भनेका थिए, ‘राजनीतिक दृष्टिकोणले परिपक्व छु । मसँग साथीहरू पनि छन् ।’ शशांक पनि अहिले कुन कित्ताको भनेर खुलेका छैनन् ।
महाधिवेशनका बेला शेखर कोइरालालाई सभापति बनाउने भद्र सहमतिबाट भागेका शशांकलाई संस्थापनइतरले आफ्नो ठानेको छैन । तर पनि उनले प्रधानमन्त्री बन्ने सपना भने देख्न छाडेका छैनन् ।
शशांक कांग्रेस संस्थापक बीपी कोइरालाका पुत्र हुन् ।
नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले संसदीय दलको नेताका लागि गगन थापाले तयारी गरिरहेको बताए ।
‘संसदीय दलको नेताका लागि राम्रो तयारी गरिरहनुभएको छ, पछि हट्ने कुरै छैन,’ ती केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।
सभापति देउवा, महामन्त्री थापालगायतले निर्वाचित हुने सांसदलाई आफ्नो फेसबूक पेजमार्फत बधाई दिइरहेका छन् । समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि मात्र संसदीय दलको नेता चयन प्रक्रिया शुरू हुनेछ ।
चुनावपछिको सरकारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् । सत्ता गठबन्धनको बहुमत आउने अवस्थामा पूर्वसहमति अनुसार सत्ता साझेदारी हुने सम्भावना रहेको पनि चर्चा छ ।
चुनावी नतिजाले त्रिशंकु संसद् बन्ने छाँट देखिएलगत्तै वापमन्थी गठबन्धनको बहस पनि चलिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद दिवसका अवसरमा आज लैनचौरस्थित शहीद स्मारकमा पुगेर सम्मान अर्पण गरेका छन् । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइँदैछ । सोही क्रममा प्रधानम...
कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिने शिक्षा मन्त्रालयको निर्णय अहिले चर्चामा छ । नेपाल सरकारकै पूर्ण स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्रले सरकारी पाठ्यपुस्तक छाप्नुपर्नेमा निजी क्षेत्रका...
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रपतिमा नपोली कांग्रेसले दाबी गर्न नै नमिल्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोख्रेलले कांग्रेसले पहिला आफ्नो...
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित गरेर पार्टी पदाधिकारीको आकस्मिक बैठक बसिरहेको छ । सोमवार स्थायी कमिटी बैठक बस्ने तय भएको भए पनि गृह मन्त्रालयको विषयमा निर्णय लिनुपर्ने भएपछि छलफल गर्न माओव...
सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गरी नयाँ शिराबाट छलफल गरी अगाडि बढाउने समझदारी भएको छ । मुख्यसचिवको नेतृत्वमा रहेको सूचना वर्गीकरण समितिले सरकारी सूचनालाई ८७ बुँदामा वर्गीकरण गरिएकोमा स...
पश्चिमी न्यून चापीय प्रणालीको असरले देशभर बदली हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्ज...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...