
मोरङ–६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित कांग्रेसका नेता डा शेखर कोइरालाले अहिलेकै सत्ता गठबन्धनले नयाँ सरकार बनाउने बताएका छन् ।
निर्वाचित भएको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले गठबन्धन कायम रहने बताएको हो ।
उनले कांग्रेसभित्र संसदीय दलको नेता को बन्ने भन्नेबारेमा अहिल्यै छलफल नभएको बताएका छन् ।
महामन्त्री गगन थापाले संसदीय दलको नेतामा गरेको दावी बारे सोधिएको प्रश्नमा कोइरालाले काठमाडौ गएर पार्टी सभापति र अरू साथीहरूसँग छलफल गरेर निर्णय गर्ने उनले बताए ।
देशभरको निर्वाचनका परिणाम हेर्दा जनताका दलहरूप्रति नभई व्यक्तिहरूप्रति वितृष्णा बढेको पाइएको उनले बताए ।
‘दलप्रति वितृष्णा बढेको भए अहिलेको दलीय व्यवस्थामाथि प्रश्न उठ्थ्यो । तर, मतदातामा व्यक्तिप्रतिको वितृष्णा देखियो’, कोइरालाले भने ।