×

NMB BANK
NIC ASIA

‘नेपालका देवीदेवताहरू’ कला प्रदर्शनी आइतवारदेखि, उपराष्ट्रपतिले उद्घाटन गर्ने

मंसिर ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आइतवारदेखि वाङ्मय शताब्दीपुरुष तथा संस्कृतविद् स्वर्गीय सत्यमोहन जोशीप्रति समर्पित ‘नेपालका देवताहरू’ नामक कला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव तथा नेपाल हस्तकला महासंघको स्वर्ण वर्षको अवसर पारेर कला प्रदर्शनी गर्न लागिएको हो । आगामी आइतवार (मंसिर ११)देखि २५ गतेसम्म राजधानीको बबरमहलस्थिल नेपाल कला परिषद्को भवनमा प्रदर्शनी आयोजना गरिएको छ । 

Muktinath Bank

आइतवार दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले कला प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम तय भएको परिषदका अध्यक्ष सागरशम्शेर राणाले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रलयपछिको श्रृष्टि कसरी भयो भन्ने जानकारी दिने मुख्य उद्धेश्यले प्रदर्शनी गर्न लागिएको उक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रदर्शनीमा वरिष्ठ कलाकारदेखि नवोदित कलाकारहरूका कलाकृति राखिनेछ । खुला आह्वानका आधारमा ६ सय नेपाली कलाकारले पठाएको कलामध्ये २ सय ७० छनोट गरिएको र त्यसमा दुई सय ४६ कला प्रदर्शनीमा रहने प्रदर्शनी संयोजक स्वस्ती राजभण्डारीले जानकारी दिइन् । 


Advertisment
Nabil box
Kumari

नेपालका देवीदेवताका चित्रकला, मूर्ति, हस्तकला प्रदर्शनीमा रहनेछन् । प्रदर्शनीले देवीदेवताहरूप्रति सहिष्णुता र अन्तरसम्बन्ध जगाउन, आगन्तुकहरूलाई विविधतामा विचार गर्न उत्प्रेरित गर्दै विभिन्न कलाकारहरूको अभिव्यक्ति र प्रेरणाको सद्भाव र समर्पणमा जोडिन प्ररित गर्ने आयोजकको विश्वास छ । ‘यो प्रदर्शनी वैचारिक रुपरेखा र छनौट प्रक्रियाको दृष्टिकोणमा अद्धितीय छ, जसले देशका विभिन्न समुदायका कलाकार र मूर्तिकारहरूबाट विभिन्न विधाका कलाकृतिहरू प्रदर्शन गर्दछ’ आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । 

Vianet communication
Laxmi Bank

कलाकृतिहरूको प्रदर्शनीले हिन्दू, बौद्ध धर्मको उत्पत्ति र आधारभूत सिद्धान्तहरूसँगै नेपालको मौलिक धर्म र दर्शनप्रति समेत जानकारी गराउने विश्वास आयोजकको छ । नेपाल कला परिषद तथा नेपाल हस्तकला महासंघले प्रदर्शनीमा सहभागी हुन सबैमा आग्रह गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x