२५ जेठ २०८३, सोमबार

‘नेपालका देवीदेवताहरू’ कला प्रदर्शनी आइतवारदेखि, उपराष्ट्रपतिले उद्घाटन गर्ने

‘नेपालका देवीदेवताहरू’ कला प्रदर्शनी आइतवारदेखि, उपराष्ट्रपतिले उद्घाटन गर्ने

आइतवारदेखि वाङ्मय शताब्दीपुरुष तथा संस्कृतविद् स्वर्गीय सत्यमोहन जोशीप्रति समर्पित ‘नेपालका देवताहरू’ नामक कला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव तथा नेपाल हस्तकला महासंघको स्वर्ण वर्षको अवसर पारेर कला प्रदर्शनी गर्न लागिएको हो । आगामी आइतवार (मंसिर ११)देखि २५ गतेसम्म राजधानीको बबरमहलस्थिल नेपाल कला परिषद्को भवनमा प्रदर्शनी आयोजना गरिएको छ । 

आइतवार दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले कला प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम तय भएको परिषदका अध्यक्ष सागरशम्शेर राणाले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

प्रलयपछिको श्रृष्टि कसरी भयो भन्ने जानकारी दिने मुख्य उद्धेश्यले प्रदर्शनी गर्न लागिएको उक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रदर्शनीमा वरिष्ठ कलाकारदेखि नवोदित कलाकारहरूका कलाकृति राखिनेछ । खुला आह्वानका आधारमा ६ सय नेपाली कलाकारले पठाएको कलामध्ये २ सय ७० छनोट गरिएको र त्यसमा दुई सय ४६ कला प्रदर्शनीमा रहने प्रदर्शनी संयोजक स्वस्ती राजभण्डारीले जानकारी दिइन् । 

नेपालका देवीदेवताका चित्रकला, मूर्ति, हस्तकला प्रदर्शनीमा रहनेछन् । प्रदर्शनीले देवीदेवताहरूप्रति सहिष्णुता र अन्तरसम्बन्ध जगाउन, आगन्तुकहरूलाई विविधतामा विचार गर्न उत्प्रेरित गर्दै विभिन्न कलाकारहरूको अभिव्यक्ति र प्रेरणाको सद्भाव र समर्पणमा जोडिन प्ररित गर्ने आयोजकको विश्वास छ । ‘यो प्रदर्शनी वैचारिक रुपरेखा र छनौट प्रक्रियाको दृष्टिकोणमा अद्धितीय छ, जसले देशका विभिन्न समुदायका कलाकार र मूर्तिकारहरूबाट विभिन्न विधाका कलाकृतिहरू प्रदर्शन गर्दछ’ आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । 

कलाकृतिहरूको प्रदर्शनीले हिन्दू, बौद्ध धर्मको उत्पत्ति र आधारभूत सिद्धान्तहरूसँगै नेपालको मौलिक धर्म र दर्शनप्रति समेत जानकारी गराउने विश्वास आयोजकको छ । नेपाल कला परिषद तथा नेपाल हस्तकला महासंघले प्रदर्शनीमा सहभागी हुन सबैमा आग्रह गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्