×

NMB BANK
NIC ASIA

निर्वाचन अपडेट : २५ जिल्लामा गठबन्धन र आठमा एमालेको एकल जित

मंसिर ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनले भोजपुर, ओखलढुंगा, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, दाङ, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, डोल्पा, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, दार्चुला, बझाङ, डडेलधुरा, डोटी र अछाममा विजय हासिल गरेको हो । 

Muktinath Bank

निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म एमालेले आठ र राप्रपाले एक जिल्लामा आफ्नो वर्चश्व कायम गरेका छन् । एमालले ताप्लेजुङ, पाँचथर, धनकुटा, सोलुखुम्बु, पर्वत, अर्घाखाँची, प्यूठान र बैतडीमा एकल जित हासिल गरेको छ भने राप्रपाले जुम्लामा एक सिट एकल रुपमा जितेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगका अनुसार एक सय ६५ सिटमध्ये हालसम्म ८९ स्थानको नतिजा सार्वजनिक भइसकेकोमा कांग्रेस २८, एमाले २४, माओवादी केन्द्र ९, एकीकृत समाजवादी ६, राष्ट्रिय स्वतन्त्र पार्टी ५, राष्ट्रिय प्रजातन्त्र पार्टी ४, लोकतान्त्रिक समाजवादी पार्टी ३, जनता समाजवादी पार्टी २ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी १÷१ स्थानमा विजयी भएका छन् । पाँच स्वतन्त्र उम्मेदवारले विभिन्न क्षेत्रबाट निर्वाचन जितेका छन् । 


Advertisment
Nabil box
Kumari

दुवै कम्युनिष्ट पार्टीका महासचिव पराजित

Vianet communication
Laxmi Bank

हालसम्म दुई ठूला कम्युनिष्ट पार्टीका महासचिव निर्वाचनमा पराजित भएका छन् । एमालेका महासचिव शंकर पोखरेल माओवादी उम्मेदवार रेखा शर्मासँग पराजित भए भने माओवादीका महासचिव देवप्रसाद गुरुङलाई एमाले उम्मेदवार पृथ्वी सुब्बा गुरुङले पराजित गरे । माओवादीका उपमहासचिव पम्फा भुसाल र सचिव चक्रपाणि खनाल पनि यस निर्वाचनमा पराजित भए । यसैगरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीपकुमार ज्ञवाली र सचिव लेखराज भट्ट पनि पराजित भए । 

कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) निर्वाचनमा पराजित भइन् । आफ्नो गृहजिल्ला छाडेर अर्को जिल्लामा निर्वाचनमा विजयी हुनेमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ, कांग्रेसका प्रदीप पौडेल र वीरबहादुर बलायर, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादीका उपमहासचिव वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने २५ हजार बढी मतान्तरहित विजयी भए । ओलीले आफ्ना प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतले पराजित गरे । पुनले पूर्ण बुढा मगरलाई २५ हजार २३९ मतले पछि पारी विजयी भए । 

त्यस्तै रास्वपाका अध्यक्ष लामिछानेले निकटतम् प्रतिद्वन्द्वी उमेश श्रेष्ठभन्दा ३४ हजार तीन सय १२ बढी मत प्राप्त गरे । 

जेठा–कान्छा

प्रतिनिधि सभाको यस निर्वाचनमा हालसम्म निर्वाचित हुने सबैभन्दा ज्येष्ठ सदस्यका रुपमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी छन् । ८० वर्षीय उनी बागलुङ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् । 

प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा–१ बाट निर्वाचित भए । उनी ७७ वर्षका हुन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राप्रपाका ध्रुवबहादुर प्रधान ७३ वर्षका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट निर्वाचित भए । उनी पनि ७० वर्षका हुन् । 

यसैगरी रुपन्देही–४बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला ७२ वर्षीय र मोरङ–६ बाट निर्वाचित कांग्रेसका डा शेखर कोइराला ७२ वर्षीय हुन् । 

हालसम्म सबैभन्दा कान्छो उमेरको सांसदका रूपमा सोविता गौतमको प्रवेश भएको छ । आयोगबाट प्राप्त विवरणअनुसार उनी २७ वर्षीया हुन् । गौतम काठमाडौं निर्वाचन क्षेत्र नं २ बाट निर्वाचत भएकी हुन् । यस्तै, मुस्ताङ निर्वाचन क्षेत्र नं १ बाट २९ वर्षीय योगेश गौचन थकाली र जुम्ला निर्वाचन क्षेत्र नं १ बाट ३० वर्षीय ज्ञानबहादुर शाही पनि कम उमेरका सांसदको सूचीमा परेका छन् र 

प्रत्यक्षतर्फ निर्वाचित महिला सांसदको संख्या न्यून देखिएको छ । हालसम्म पाँच महिला नेत्रीले प्रत्यक्षतर्फको निर्वाचन जितेका छन् । एमाले र रास्वपाका दुई÷दुई र माओवादीका एक महिलालाई मात्र सफलता मिलेको छ । धनुषा ३ बाट एमालेकी जुलीकुमारी महतो (महासेठ) र कास्की २ बाट विद्या भट्टराई तथा दाङ २ बाट माओवादीकी रेखा शर्मा तथा रास्वपाबाट काठमाडौँ २ मा सोविता गौतम र ललितपुर ३ मा तोसिमा कार्की विजयी भइन् । 

मधेशी समुदायबाट हालसम्म कांग्रेसका दिनेशकुमार यादव सप्तरी ३, रामकृष्ण यादव धनुषा २, अजय चौरसिया पर्सा २, एमालेका रामशंकर यादव सिरहा १, जुलीकुमारी महतो (महासेठ) धनुषा ३ र माओवादीका अमनलाल मोदी मोरङ ४, लोसपाका रामप्रकाश चौधरी सर्लाही १, सर्वेन्द्रनाथ शुक्ला रुपन्देही ४, जसपाका वीरेन्द्रप्रसाद महतो सिरहा ४ र प्रदीप यादव पर्सा १ र जनमत पार्टीका चन्द्रकान्त राउत सप्तरी २ बाट निर्वाचित भए । 

स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल मोरङ ५, अमरेशकुमार सिंह सर्लाही ४, किरणकुमार साह रौटहट २, प्रभू साह रौतहट ३ र लालवीर चौधरी बर्दिया २ बाट विजयी भए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x