
कालीकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।
एमालेका नगिन्द्र शाहीलाई ८ हजार ६४ मत अन्तर पराजित गर्दै उनले दोस्रोपटक प्रतिनिधिसभाको यात्रा तय गरेका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार उनले २४ हजार ४७४ मत प्राप्त गरी विजयी हुँदा निकट प्रतिस्पर्धी एमालेका नगिन्द्रले १६ हजार ४१० मत प्राप्त गरे ।
उनी २०७० को संविधानसभा निर्वाचनमा कालीकोटबाट निर्वाचित भएका थिए । २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित महेन्द्र कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री हुन् ।
२०७४ को चुनावी सरकारमा उनी उर्जामन्त्री भएका थिए । कालीकोटमा प्रदेशसभा–१ मा माओवादी केन्द्रकै दुर्गबहादुर रावत र २ मा कांग्रेसका हिक्मतबहादुर विष्ट निर्वाचित भइसकेका छन् ।