२४ जेठ २०८३, आइतबार

आगामी साता विवाह गर्दै यी जोडी

आगामी साता विवाह गर्दै यी जोडी

अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग आगामी सोमबार विवाह गर्दैछन् । मंसिर १२ गते हुन लागेको विवाहका लागि दुवै तर्फमा आफन्त र साथीभाइलाई निम्तो कार्ड पुगिसकेको छ । 

सलोन र करिश्माले आफूहरुबीचको ४ वर्षको प्रेमलाई पारिवारिक सहमतिमा विवाहमा परिणत गर्न लागेका हुन् । सलोनको विवाह समारोह भोलि शनिबारबाट शुरु हुनेछ । बाल कलाकारबाट अभिनय यात्रा शुरु गरेका सलोन अहिलेका व्यस्त अभिनेता मध्येमा पर्छन् । 

यता, करिश्मा भने नेपाल एयरलायन्सकी एयरहोस्टेस हुन् । उनीहरूको विवाह भोज भने मंसिर १४ गते बुधवार होटल हायात प्यालेस सोल्टिमोडमा आयोजना गरिएको छ ।

चलचित्र क्षेत्रको अर्को प्रेमजोडी अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डीसी आगामी शुक्रवार (मंसिर १६) गते विवाह बन्धनमा बाँधिने भएका छन् । संयम र आश्माले आफूहरूको १० वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । उनीहरूको विवाह समारोह हायात रिजेन्सी होटल बौद्धमा आयोजना गरिएको छ । 

विवाहको निम्तो कार्ड दुवै तर्फका आफन्त तथा साथीभाइमाझ पुगिसकेको छ । वरिष्ठ चलचित्र निर्देशक नारायण पुरीका छोरा संयमले ‘सायद’, ग्याङस्टर ब्लुज, आभाष, नाइँ नभन्नु ल ३, पुन्टे परेड, रातो घर लगायतका चलचित्रमा अभिनय गरेका छन् । 

आश्मा   गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् । उनले ‘आभाष’ र ‘नाइँ नभन्नु ल ३’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । पछिल्लो समय अमेरिका रहँदै आएका संयम र आश्मा विवाहकै लागि नेपाल फर्किएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्