×

NMB BANK
NIC ASIA

यु–१९ क्रिकेट : बागमतीको लगातार दोस्रो जित

मंसिर ९, २०७९

NTC
Premier Steels

प्रदेश १ लाई ७२ रनले पराजित गर्दै बागमतीले प्रदेशले राजधानीमा जारी वाईवाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बागमतीले दिएको २७० रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ४९.१ ओभरमा सबै विकेट गुमाएर १९७ रन मात्र बनाउन सक्यो । 

Muktinath Bank

प्रदेश १ का लागि कप्तान दीपेश कँडेलले ६६ बलमा ४७ रन बनाए । स्टेन रिजालले ३५ रनको योगदान गर्दा शुभन गहतराजले २६ तथा फैजल रहमानले २४ रन बनाए । विपिन महतोले २१ रन जोड्दा बागमतीले अतिरिक्तमा १५ रन खर्चिएको थियो । प्रदेश १ को इनिङलाई सस्तैमा समेट्ने क्रममा बागमतीका लागि सक्रिय कार्कीले ३ तथा ओमकार यादवले २ विकेट लिए । अभिषेक कोइराला, अर्थव पौड्याल र अहमद राजाले समान १÷१ विकेट निकाले ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २६९ रन बनाएको थियो । बागमतीका लागि प्रतिक श्रेष्ठले १०५ बलको सामना गर्दा १० चौका र ९ छक्काको सहयोगमा अविजित १४२ रनको शतकीय पारी खेलेका थिए । कप्तान अशोक पौडेलले २५ रन जोड्दा सक्षम बस्ताकोटी २३ रन बनाउँदा रन आउट भए । 


Advertisment
Nabil box
Kumari

अर्थव पौड्यालले १५ तथा योगेश भाटले १४ रनको योगदान गरेका थिए । बलिङतर्फ प्रदेश १ का लागि कप्तान दीपेश कँडेल र विपिन महतोले समान २÷२ तथा अभिनय राजवंशी, आशिष मगर र सोनु अन्सारीले समान १÷१ विकेट लिए । यस जितसँगै वागमतीले २ खेलबाट ४ अंक बनाएको छ । दोस्रो खेलमा पहिलो हार व्यहोरेको प्रदेश–१ को २ अंक छ ।

Vianet communication

प्रतियोगिताअन्तर्गत शुक्रवार भएको अर्को खेलमा पनि सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई १०० रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । सुदूरपश्चिमले दिएको १८१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २१ ओभरमा सबै विकेट गुमाएर मात्र ८० रन बनाउन सक्यो । 

लुम्बिनीका लागि ओपनर आकाश त्रिपाठीले २३ बलमा २२ रन तथा अर्का ओपनर तथा कप्तान देव खनालले १३ रन बनाए । मनोज मगरले ११ रन जोड्दा लुम्बिनीका अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । कसिलो बलिङ गरेको सुदूरपश्चिमका लागि आकाश चन्दले एक्लैले ५ विकेट लिए । हेमन्त धामीको नाममा ३ तथा कैलाश ऐरको नाममा १ विकेट रह्यो । 

त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४९.५ ओभरमा सबै विकेट गुमाएर १८० को योगफल बनाएको थियो । सुदूरपश्चिमका लागि दीपक बोहोराले ७३ बलमा ५४ रनको अर्धशतकीय इनिङ खेले । गजेन्द्र बोहोराले १९ तथा दीपक बोहोराले १७ रन बनाए । विशाल ऐरले १६ रन जोड्दा हेमन्त धामीले १५ रन जोडे । लुम्बिनीका लागि विशालविक्रम केसीले ३ तथा नर सार्की र निर्मल गुरुङले समान २÷२ विकेट लिए । रमेश कुर्मी र दुर्गेश गुप्ताले समान १÷१ विकेट लिएका थिए । यस जितसँगै सुदूरपश्चिमको पनि समान ४ अंक नै भएको छ । लुम्बिनीले हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।

प्रतियोगितामा शनिवार पनि दुई खेल हुनेछन् । मुलपानी क्रिकेट मैदानमा वागमती प्रदेश र मधेस प्रदेश तथा कीर्तिपुर मैदानमा कर्णाली र लुम्बिनी प्रदेशबीच प्रतिष्पर्धा हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x