
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेको समानुुपातिक मत १७ लाख पुगेको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्मको मतगणनामा एमालेले १७ लाख १ हजार ७३६ मत पाएको छ । एमाले समानुपातिकतर्फ पहिलो पार्टी बन्ने देखिएको छ ।
दोस्रो नम्बरमा रहेको नेपाली कांग्रेसले १६ लाख ३२ हजार ६६४ मत पाएको छ । तेस्रो नम्बरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ४५ हजार ५६१ मत पाएको छ ।
समानुपातिकमा नेकपा माओवादी केन्द्रले ७ लाख १९ हजार ३७२ मत पाएको आयोगले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ७८ हजार २३३ मत पाएको छ । जनता समाजवादी पार्टीले २ लाख ४ हजार ७२४ मत पाएको छ । एकीकृत समाजवादी पार्टीले १ लाख ४८ हजार २१७ मत र नागरिक उन्मुक्ति पार्टीले १ लाख ३३ हजार ५०४ मत पाएको छ । जनमत पार्टीले १ लाख ३१ ७४१ मत पाएको छ ।