
तेह्रथुमको १ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।
निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार ७०२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।
सुब्बाले १८ हजार ६२३ मत ल्याएका छन् । उनीहरूबीचमा १ हजार ७९ मतान्तर रहेको छ ।
तेह्रथुमको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न पार्टीबाट १० उम्मेदवार रहेका थिए । मञ्चका विष्णुकुमार चोङवाङ ७२३ मत प्राप्त गरी तेस्रो भएका छन् ।