०८ साउन २०८३, शुक्रबार

प्रतिनिधिसभा समानुपातिकमा एमालेको अग्रता कायमै

मंसिर १०, २०७९
प्रतिनिधिसभा समानुपातिकमा एमालेको अग्रता कायमै

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगले शनिवार विहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले १६ लाख ३२ हजार ६६४ मत प्राप्त गरेको छ । 

घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ४५ हजार ५६१ मत प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले अहिलेसम्म ७ लाख १९ हजार ३७२ मत प्राप्त गरेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख ७८ हजार २३३, जनता समाजवादी पार्टी (जसपा) नेपालले २ लाख ४ हजार ७२४, नेकपा एकीकृत समाजवादीले १ लाख ४८ हजार २१७ र नागरिक उन्मुक्ति पार्टीले १ लाख लाख ३३ हजार ५०४ मत प्राप्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्