
सप्तरीको ४ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार ४९१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ४ सप्तरीले जनाएअनुसार उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार ९७७ मत प्राप्त गरे ।
गत प्रतिनिधिसभा र संविधानसभा सदस्य निर्वाचनमा समेत चौधरी यस क्षेत्रबाट विजयी भएका थिए । यो नतिजा आएसँगै सप्तरीको प्रत्यक्षतर्फ सबै परिणाम घोषणा भएको छ । जसअनुसार प्रतिनिधिसभामा कांग्रेस २, जनमत र जसपा पार्टी १/१ स्थानमा विजयी भएका छन् ।
प्रदेशसभामा जनमत पार्टीले ४, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रले १/१ सदस्यमा जीत हासिल गरेका छन् ।