×

NMB BANK
NIC ASIA

संस्थानमा बढुवालगायत वृत्तिविकासको सुविधा पाउन कुन पार्टीको हो भनेर चिनिनुपर्थ्यो । विभिन्न वाद र वादीको सर्टिफिकेट बोकेर हिँड्नुपर्थ्यो ।

Muktinath Bank

कतै पनि नलागी संस्थावादी मात्र हुन्छु भन्ने, हुने र हुन चाहने जति सधैं प्रतिपक्षमा पर्थे । त्यस्ता अनुहारहरू जहिले पनि अस्वीकृत हुन्थे, जुनसुकै पार्टीको सरकार बने पनि उनीहरूका एजेन्टको आँखामा पर्दैनथे । गोपाल पनि यस्तै घोरमुखा ‘थ’ को शिकार हुँदै आएको थियो ।
 
आफ्ना बारेमा बोल्ने, सुन्ने कोही नभेटेपछि गोपालले बढुवाको मोह छाडी शैक्षिक योग्यता अघि बढाउने विचार गर्‍यो । यसअघि उसले वनारसबाट शास्त्री पास गरेको थियो । त्यसपछि स्थायी जागिरको खोजमा लाग्नुपरेकाले पढाइतर्फ ध्यान दिन पाएको थिएन, भ्याएको थिएन । त्यसैले संस्कृत विश्वविद्यालय (तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय) बाट फारम लगाई आचार्य परीक्षा दिन थाल्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजधानीकै गलैंचा उद्योगको अवस्थाबारे अनुसन्धानद्वारा थेसिस पूरा गरी द्वितीय श्रेणीमा आचार्य पास गर्‍यो गोपालले ।


Advertisment
Nabil box
Kumari

त्यसपछि विद्यावारिधि (पीएचडी) गर्ने विचार गरेको भए पनि पूरा हुन सकेन । कारण विश्वविद्यालयको झूर प्रशासन र किस्ताबन्दी जानकारीका कारण मूलढोकामै भोटे ताल्चा झुण्डिन आएको थियो । विद्यालय प्रशासन कहिले यो चाहिन्छ भन्थ्यो, कहिले यो पुगेन भन्थ्यो, कहिले त्यसरी होइन, यसरी भन्थ्यो । त्यसपछि विद्यावारिधि गर्ने विचार नै त्यागिदियो र तिम्रो विद्यावारिधि तिमीसँगै राख भन्दै किताब लेख्नतिर लाग्यो । अहिले उसले लेखेका किताबहरू विद्यावारिधि गर्ने विद्यार्थीहरूका खुराक बनेका, बनिरहेका छन् । एउटा किताब त विद्यावारिधि सम्बन्धी पाठ्यक्रममै समावेश भइसकेको छ ।

Vianet communication
Laxmi Bank

त्यतिबेलासम्म ३/४ वटा भन्ट्याङ–भुन्टुङ भइसकेका थिए । खानै पर्‍यो, लाउनै पर्‍यो, कोठा भाडा तिर्नै पर्‍यो । त्यतिबेला नेपालका शाखा अधिकृत वा सो सरहको तलब नै कति हुन्थ्यो र ? त्यसमाथि करकट्टि गरी प्राप्त रकमले घर खर्च चलाउनु महाभारत जित्नुभन्दा कम थिएन । त्यसैले उनले व्यवसाय चलाउने विचार गरे ।

त्यतिबेला राजधानीमा गलैंचा उद्योग राम्रै फस्टाएको देखेर यतातिर लाग्ने निर्णय गरेको थियो । उद्योग मालिकबाट कच्चा उन ल्याउँथ्यो र धुलाई कताई गरी बुझाउँथ्यो तर यो पनि उसका निम्ति भनेजस्तो भएन । केही कमाउन सकिन्छ कि भनेर लागेको कहाँ के तारतम्य मिलेन छ कुन्नी ! उल्टै नोक्सानी व्यहोर्नुपर्‍यो । 

त्यसपछि आफ्नै पुर्ख्यौली पेशा कथा वाचनको बाटो समायो । बिहान–बेलुका कथा वाचन गथ्र्योे, दिउँसो अफिस जान्थ्यो । दिउँसै जानुपर्ने काम परे बिदा लिन्थ्यो । यसबीचमा उसले कैयौ भागवत पुराण लगायो, कैयौ देवीभागवत पुराण भन्यो । एकाह त कति लगायो कति ! २–४ वटा हरिवंश पुराणै पनि भ्यायो ।

त्यसपछि समाजमा गोपालको परिचय बदलियो । गोपालबाट उसको नाम सिधै गोपाल गुरुमा परिणत भयो । यसै पेशाबाट उसले धेरैलाई बाटो देखायो, आफूजस्तै दुःख पाएका धेरैको उद्धार गर्‍यो । उसले पठाएको भनेपछि जसलाई पठाए पनि यजमानहरू राम्रै इज्जत गर्थे । तीनधारा संस्कृत छात्रावासका कतिपय विद्यार्थी त उसको आँखामा पर्न पाउनु नै गौरवको विषय ठान्थे । 

उता बालबच्चा हुर्कंदै गएकाले श्रीमती सरलाले किराना पसल चलाउने इच्छा गरिन् । गोपाललाई पनि श्रीमतीको कुरा राम्रै लाग्यो । पसलका केही सामान त्यहीँ ल्याइदिन्थे सेल्सम्यानहरूले । बाँकी सामान गोपाल आफैंले फुर्सदको बेला बजारबाट किनेर ल्याइदिन्थ्यो । श्रीमती घरको काम र पसल हेर्थिन् । उसको भागमा यजमानी र अफिसको काम छँदैथियो । सानै भए पनि पसल राम्रै चलेको थियो । गोपालको आम्दानी पनि राम्रै थियो । यसैबाट घर खर्च कटाएर राजधानीमै घडेरी जोड्यो, बिस्तारै सानो घर बनाउन पनि भ्यायो ।  

यसैबीच एक जना पूर्व परिचित कांग्रेसी सज्जन संस्थानको कार्यकारी अध्यक्ष भएर आए । वनारसमै चिनजान भएकाले उनी आउँदा धेरै खुशी हुनेमा गोपाल पनि पथ्र्यो । अब त पक्कै केही हुन्छ भन्ने नलागेको होइन उसलाई तर उनी पनि उही ड्याङका मुला भएर निस्के । सायद संस्थानकै चैतेहरूको चेपुवामा पो परेका थिए कि ! जेहोस् गोपालले एउटै पदमा ८ वर्षभन्दा बढी समय बिताउनुपर्‍यो । जब कि ४ वर्ष पूरा भएपछि बढुवा हुन पाउने प्रावधान थियो । कतिले दिन गन्ती गरेर ४ वर्ष पूरा हुनासाथ बढुवा पड्काएकै पनि हुन् तर गोपालका लागि भने त्यस्ता नियम आकाशको फलमै सीमित भए । राजाको अगाडि बुवाको दुहाइ कसको के लाग्ने ?

उनी गएपछि अर्का पार्टीका कमरेड कार्यकारी बनेर आए । उनले त उल्टै अघिल्ला आर्थिक वर्षहरूमा पूर्ति नभएको कारण देखाई दरबन्दी नै खारेज गर्ने निर्णय गरिदिए । अघिल्ला हाकिमले दरबन्दी खाली हुँदाहुँदै बढुवाको सूचना निकालेनन् । पछिल्ला हाकिमले अघिल्ला आवमा पूर्ति नभएको भन्दै दरबन्दी नै खारेज गरे । हाल उनी यो संसारमा छैनन् । कोरोना महामारीले चाँडै नै लिएर गयो तर उनले दिएका चोट भने अहिले पनि गोपालको मनमा ताजै छ ।

यो कुुरा थाहा पाएपछि सञ्चालक समितिका एक जना सदस्यलाई सबै कुुरा बतायो । उनी अलि बढी नै सज्जन रहेछन् सायद । उनले गम्भीरतापूर्वक कुरा सुन्ने काम मात्र गरेनन्, तत्कालै अर्को बोर्ड बैठक बस्न लगाई अघिल्लो निर्णय उल्टाइदिए ।

बल्ल कार्यालयका मठाधीशहरू मन्त्रालयमा पुगेको दरबन्दी खारेजीको पत्र फिर्ता लिन मात्र होइन, तत्कालै पदपूर्ति समितिको बैठक राखी बढुवाको सूचना निकाल्न समेत बाध्य भए । त्यतिबेला पनि झण्डै उल्टोपाल्टो पर्न आँटिसकेको थियो, जसलाई सघाउने काम तत्कालीन सम्पादकले गरेका थिए । उनी पनि हाल यस संसार छैनन् । मधुमेहका कारण चाँडै नै संसार छाड्न बाध्य भए । धन्न गोपालले त्यतिबेलासम्म आचार्य पास गरिसकेको थियो र मात्रै उनको घुमाइले काम गरेन, गर्न सकेन । किनभने त्यतिबेला बढुवा प्रयोजनमा अतिरिक्त शैक्षिक योग्यताको समेत नम्बर जोडिने नियम थियो ।

त्यतिबेला कतै पनि नखुलेका पत्रकार तथा कर्मचारीहरूका अवस्थाबारे गोप्य तरिकाले निगरानी राख्न थालेका थिए संस्थानका हर्ताकर्ताहरूले । गोपालमाथि पनि उसकै विभागको कार्यालय सहयोगी भाइमार्फत् निगरानीमा पर्न थालेको थियो तर विचरा ती सहयोगी भाइको कूटनीति यति कमजोर थियो कि कुरोको चुरो पत्ता लगाउन गोपाललाई आइतवार लागेन । तथापि उसले मुखले भने केही पनि भनेन र थाहा नपाएजस्तो गरी आफ्नोपनमा रमाइरह्यो । फलतः मठाधीशका सबै हतियार क्रमशः आफैं भुत्ते हुँदै गए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x