
कपिलवस्तुको प्रतिनिधिसभा-२ को निर्वाचन नेपाली काँग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यले विजयी भएका छन् ।
नेकपा एमाले नेता बृजेशकुमार गुप्तालाई ३१७ मतान्तरले पछाडि पार्दै आचार्यले चुनाव जितेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय तौलिहवाले प्रकाशित गरेको अन्तिम मत परिणाम अनुसार आचार्यले ३९ हजार १४ मत प्राप्त गर्दै चुनाव जितेका हुन् भने गुप्ताले ३८ हजार ६९७ मत प्राप्त गरे ।
त्यसैगरी राप्रपाकी सविता शर्माले एक हजार ५७४ मत प्राप्त गरी तेस्रो हुँदा लोसपाका उम्मेदवार अकबाल अहमद शाहले एक हजार १०३ मत प्राप्त गरी चौथो बने । यो निर्वाचनमा पराजय भोगेका गुप्ताले २०५६ साल यता निरन्तर चुनाव जित्दै आएका थिए ।