×

NMB BANK
NIC ASIA

कर्णालीमा एकीकृत समाजवादी : प्रतिनिधिसभामा जोगायो, प्रदेशसभामा गुमायो

मंसिर १०, २०७९

NTC
Premier Steels

सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुँदा नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभा गरी पाँच सिटमा जित निकालेको छ । 

Muktinath Bank

गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा एकीकृत समाजवादीले प्रतिनिधिसभामा दैलेख–१, सल्यान र डोल्पा तथा प्रदेशसभामा जुम्ला–२ र मुगु–१ सिट पाएको थियो । प्रतिनिधिसभामा पाएका तीनवटै सिट जोगाउँदा एकीकृत समाजवादीले प्रदेशसभातर्फका दुवै सिट गुमाउन पुगेको छ । प्रतिनिधिसभामा सफलता पाए पनि प्रदेशसभामा एक सिट पनि जित्न सकेन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सल्यानमा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र डोल्पामा केन्द्रीय सदस्य धनबहादुर बुढा निकै फराकिलो मतान्तरले निर्वाचित भए । दैलेख–१ मा प्रदेश कमिटी अध्यक्ष अम्मरबहादुर थापाले आफ्नै पूर्वसहकर्मी एमालेका रविन्द्रराज शर्मालाई ८४९ मतान्तरले पराजित गरे । ज्वालाको जिल्लामा त एमाले उम्मेदवार निकट प्रतिस्पर्धामा आउन सकेनन् । 


Advertisment
Nabil box
Kumari

प्रदेशसभाका सिटमा तालमेल गर्दा एकीकृत समाजवादीले आफूलाई जित्न सहज भएका क्षेत्र रोजेको थियो । उसकै रोजाइअनुसार गठबन्धन दलको प्रदेशस्तरीय संयन्त्रले जुम्ला–२ र मुगु–१ एकीकृत समाजवादीको भागमा पार्न केन्द्रीय संयन्त्रलाई सिफारिस पनि गरेको थियो । तर, आफूले जित्न सहज ठानेका दुवै सिटमा समाजवादीका उम्मेदवार फराकिलो मतान्तरले पराजित हुनुपर्‍यो ।

Vianet communication

एकीकृत समाजवादीले जुम्ला प्रदेशसभा क्षेत्र-२ मा प्रदेश सरकारका बहालवाला भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री पदम रोकायालाई उम्मेदवार बनाएको थियो । त्यहाँ उनलाई ए हजार ९३ मतान्तरले पराजित गर्दै एमालेका युवा नेता टेकराज पछाई निर्वाचित भए । पछाईले सात हजार ८१५ मतले विजयी हुँदा रोकायाले ६ हजार ७२२ मत प्राप्त गरे । यस क्षेत्रमा २० हजार ६१६ मत खसेको थियो । २०७४ मा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका रोकायाले एमाले विभाजनपछि एकीकृत समाजवादी रोजेका थिए । 

त्यस्तै, शनिबार बिहान सम्पन्न मुगु प्रदेशसभा क्षेत्र– १ को मतगणनामा एकीकृत समाजवादीका उम्मेदवार गोपालबहादुर बम पराजित भए । उनलाई एमालेका जीतबहादुर मल्लले एक हजार ७३ मतान्तरले पछि पारे । मल्ल एमालेका जिल्ला अध्यक्ष हुन् भने बम एकीकृत समाजवादीका केन्द्रीय सदस्य र निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । 

उनी २०७४ मा मुगुबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । एमाले विभाजन भएपछि उनले एकीकृत समाजवादी रोजेका थिए । 

सत्ता गठबन्धनको सहमति विपरीत एकीकृत समाजवादीले सुर्खेत-२ को प्रदेशसभा–१ र २ मा पनि आफ्ना उम्मेदवार उठाएको थियो । प्रदेश–१ मा शिवप्रसाद उपाध्यायले एक हजार २७५ र प्रदेश–२ मा मोहनसिं बडूवालले ६ हजार २०९ मत ल्याएका थिए । प्रदेशसभामा एमालेले प्रत्यक्षतर्फ पाँच सिट जित्दा एकीकृत समाजवादी भने शून्य भएको छ । कर्णाली प्रदेशमा समानुपातिकतर्फको मतगणना जारी छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x