१३ असार २०८३, शनिबार

पहिरोमा परी चारको मृत्यु

कात्तिक २०, २०७४
पहिरोमा परी चारको मृत्यु

पाँचथर, २७ साउन - जिल्लाको फालेलुङ गाउँपालिका–३ साविक मेमेङ गाविसको ताङलेपामा रहेको नेवा खोलामा आएको बाढीसँगै पहिरोले बगाएर आज तीनजनाको मृत्यु भएको छ ।

       मृत्यु हुनेमा स्थानीय विष्णु राई, उनीकी छोरी सुस्मिता र नातिनी प्रथा राई छन् ।

       उनकै घरबाट झरेको पहिरोले पावर हाउसको कुरुवा बसेका उनीहरुलाई थिचेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरुको शव अहिलेसम्म पहिरोबाट निकाल्न सकिएको छैन ।

       नेपाल प्रहरी र नेपाली सेनाको टोलीले अहिले उक्त क्षेत्रमा उद्धार गरिरहेको भैरवी दल गण ओदिन ब्यारेकका गणपति शिवराम पन्तले जानकारी दिनुभयो ।

       पहिरोले राईको घर पनि बगाएको छ भने स्थानीयको एक हल गोरु, दुई वटा गाई, नौवटा खसीबाख्रा, मरेका छन् । पहिरोबाट उक्त ठाउँमा आठवटा घर जोखिममा रहेको स्थानीय दिपशन चौहानले जानकारी दिनुभयो ।

       यसैगरी फालेलुङ गाउँपालिका–२ एकतिनको चुक्पादिनमा पहिरोले पुरिएर एक व्यक्तिको मृत्यु भएको छ भने तीनवटा घर पुरेको छ ।

       मृत्यु हुनेमा ८० वर्षीय त्रिलोचन विक छन् ।

      अहिले दुवै क्षेत्रमा अन्य पीडितलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको र राहत सामग्री लैजाने कार्य भइरहेको गणपति पन्तले जानकारी दिनुभयो ।रासस

salt training

कमेन्ट गर्नुहोस्