१० साउन २०८३, आइतबार

इलाम–२ मा मतगणना सुरु गर्न आयोगको निर्देशन

मंसिर १०, २०७९
इलाम–२ मा मतगणना सुरु गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले इलाम २ मा रोकिएको मतगणना सुचारु गर्न निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शनिबार साँझ इलामका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहाललाई फोन गरेर मतगणना सुरु गर्न निर्देशन दिएका हुन् ।  

इलाम नगरपालिकाका–१ को मतगणना गर्ने क्रममा ४० मत हराएको र ४४ मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै गठबन्धन दलले नाराबाजीसहित विरोध गरेपछि गणना रोकिएको थियो । 

यस निर्वाचन क्षेत्रमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्